रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको फराकिलो जित

101

काठमाडौँ । कतार विश्वकप तथा युरोपियन छनोटमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा पोर्चुगलले लग्जम्बर्गमाथि फराकिलो जित निकालेको छ ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले लग्जम्बर्गमाथि ५–० को जित निकालेको हो । रोनाल्डोले ह्याट्रिक गर्दा ब्रुनो फर्नाण्डेज र जोआओ पाल्हिन्होले एक–एक गोल गरे ।

खेलको आठौँ मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । १३औँ मिनेटमा पोर्चुगलले अर्को पेनाल्टी पायो । जसलाई रोनाल्डोले नै गोल परिणत गरे ।

१७औँ मिनेटमा फर्नान्डेसले गोल गर्दै पहिलो हाफमा टिमलाई ३–० को अग्रता बनाए ।

पोर्चुगलले ६९औँ मिनेटमा जाओओको गोलमा चौथो गोल गर्‍यो । ८७औँ मिनेटमा रोनाल्डोले गोल गर्दै ब्यक्तिगत ह्याट्रिक तथा टोलीको लागि पाचौँ गोल गरे ।

रोनाल्डोको यो करियरको ५८औँ ह्याट्रिक हो । उनले करियरमा म्यानचेस्टर युनाइटेडबाट एक पटक, रियल मड्रिडबाट ४४, युभेन्टसबाट ३ पटक र पोर्चुगलबाट १० पटक ह्याट्रिक गरेका छन् ।

यो जितपछि पोर्चुगलले विश्वकपमा स्थान बनाउने सम्भावना कायमै राखेको छ । उसको ६ खेलमा १६ अंक भएको छ ।

सोही समूहको अर्को खेलमा सर्बियाले अजरबैजानलाई ३–१ गोलले हरायो । यो जितपछि सर्बिया पोर्चुगललाई पछि पार्दे शीर्ष स्थानमा उक्लन सफल भयो ।

Share This:
सम्बन्धित खबर
Loading...