सन्दीप लामिछानेले जिते आइसिसीको उत्कृष्ट खेलाडी अवार्ड

173

काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी (प्लेयर आफ दि मन्थ) अवार्ड जितेका छन् ।

आइसिसीले गत बुधबार सार्वजनिक गरेको प्लेयर अफ दि मन्थको मनोनयनबाट सन्दीपले बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका ब्याटर जसकरण मल्होत्रालाई पछि पारेका हुन् ।

सन्दीपले अघिल्लो महिना ओमन भ्रमणमा सर्वोकृष्ट प्रदर्शन गर्दै ६ खेलमा १८ विकेट लिएका थिए । ओमानमा भएको आइसिसी विश्वकप लिग–२ र पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि आइसिसीको प्लेयर अफ दि मन्थको मनोनयन सूचिमा परेका थिए ।

यस अवार्डका विजेता आइसिसीकै प्यानल र खुला मतदानको मत अनुसार घोषणा भएको हो । आइसिसी प्यानलमा पूर्व खेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहेको छ । आइसिसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत भार रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...