घामै पनि सहुला पानी पनि सहुला
तिमी शीतल बन्छौँ भने त
झरी पनि सहुला असिना नि सहुला
तिमी मेरी हुन्छौँ भने त….
गायक तथा संगीतकार डिजे मेवाहाङको ‘तिमी मेरी हुन्छौँ भने त’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक मेवाहाङ र चन्द्रकला राई सुमधुर स्वरका धनी छन् ।
गीतमा शब्द तथा लय संकलन डिजे मेवाहाङकै रहेको छ भने संगीत संयोजन पुष्कर सुनुवारको रहेको छ।
केशव विश्वकर्माको छयांकन रहेको उक्त म्युजिक भिडियो डिजे मेवाहाङ अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।