घटस्थापनापछि काठमाडौँ छाड्नेकाे संख्या ह्वात्तै बढ्यो, तीन दिनमै दुई लाखले उपत्यका छाडे

113

काठमाडौँ । दैनिक आधा लाख यात्रुले स्थलमार्गबाट काठमाडौँ उपत्यका छाड्न थालेका छन् । घटस्थापनासँगै उपत्यका छाडेर जिल्लारगाउँ फर्किनेको संख्या ह्वात्तै बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

उपत्यकाको नागढुंगा, बल्खु, जगाते, मुड्खु, जरसिंह पौवा, टोखा र चन्द्रागिरिसहितका नाकाबाट शनिबार मात्र ६० हजार यात्रु बाहिरिएको ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराईले जानकारी दिए ।

घटस्थापना अर्थात् २१ असोजमा ४५ हजारले उपत्यका छाडेकामा त्यसको भोलिपल्ट २२ असोजमा यो संख्या बढेर ५१ हजार नाघेको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार १ असोज यता सात लाख यात्रुले काठमाडौँ उपत्यका छाडेका छन् । ‘घटस्थापनासम्म उपत्यका छाड्नेको संख्या खासै थिएन, त्यसपछि बढेको हो,’ महासंघका महासचिव सरोज सिटौलाले भने,‘ फूलपाती र अष्टमीमा यात्रुको चाप अझ बढ्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...