खेलकुद मन्त्रालयलाई एकपटक मैले पनि नेतृत्व गर्न पाए हुन्थ्यो भन्ने बनाउँछु : खेलकुदमन्त्री गहतराज

339

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले यो मन्त्रालयलाई एक पटक नेतृत्व गर्न पाए हुन्थ्यो भन्ने बनाउनु आफ्नो उद्देश्य रहेको बताएका छन् ।

उनले अहिले खेलकुद मन्त्रालयमा आउन सांसद्हरु नाक खुम्च्याउने अवस्था रहेको भन्दै अब यो मन्त्रालयमा आउनका लागि तछाडमछाड गर्ने बनाउन सक्नु आफ्नो पहिलो उद्देश्य भएको बताए ।

मन्त्रीको शपथ ग्रहण गरेर कार्यभार लिएपछि आफूलाई बधाई तथा शुभकामना दिन आउने शुभचिन्तक तथा आफ्ना नेता कार्यकर्ताहरुसँग उनले आफ्नो उद्देश्य सुनाउँदै सहयोग गर्न आग्रह पनि गरेका छन् । उनले भने, ‘लोडसेडिङ अन्त्य हुनुभन्दा पहिला ऊर्जा मन्त्रालयको जिम्मेवारी लिने विषयमा नेताहरुको खासै इच्छा हुँदैन थियो । गाली खाइन्छ भन्ने थियो । तर, अहिले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा लोडसेडिङ अन्त्य भएपछि ऊर्जामा जान तछाडमछाड गर्नछन्, यो मन्त्रालयलाई मैलेपनि यस्तै बनाउनु छ, तपाईंको सहयोग चाहियो ।’

उनले आफू मन्त्री भएपनि हरेक विषयमा पार्टी अध्यक्ष, पार्टीका नेता, युवा साथीहरु, विद्यार्थी सार्थीहरु र पत्रकार बुद्धिजीविहरुसँग छलफल गरेर गर्ने बताए । उनले आफूलाई सहयोग, सुझाव दिन पनि आग्रह गरेका छन् ।

शुक्रबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवाको उनीसहित १८ जना मन्त्रीहरुले शपथ ग्रहण गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...