संविधानविद् भीमार्जुन आचार्यले भने,‘देउवा खराब थिए, खराबै रहने पक्का भयो’

293

काठमाडाैँ । संविधानविद् डा.भीमार्जुन आचार्यले शुक्रबारको मन्त्रिपरिषद् विस्तार दुःखद् र आपत्तिजनक रहेको टिप्पणी गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले यस्तो घटना नेपालमा पहिले भने नभएको बताए ।

आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पहिलेको मन्त्रिपरिषद् मुलुकका लागि ठिक थिएन भन्दै यी दुवै मन्त्रिपरिषद् मुलुकका लागि खराब रहेको बताए ।

“हिजोको मन्त्रिपरिषद् विस्तारको घटना दुःखद् र आपत्तिजनक छ । तर, यसको अर्थ देउवाभन्दा पहिलेका मन्त्रिपरिषद् मुलुकका लागि ठिक थियो भन्ने कदापि होइन,” आचार्यले भने,“दुवै खराब थिए, खराबै रहने भए ।”

शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सिफारिसमा गजेन्द्र हमाललाई मन्त्री बनाएका थिए । नातामा ‘जेठान’ पर्ने व्यक्ति र गैरसांसद्लाई प्रधानन्यायाधीशको सिफारिसमा मन्त्री बनाइएको विषयमा आलोचना भइरहेको छ ।

“देउवा खराब थिए, खराबै रहने पक्का भयो। ‘परमादेश’सँग न्यायालयका मुख्यले मन्त्री पदको सट्टापट्टा गरेको कुरा आयो । जसरी गरेका हुन्, गरेकै देखियो,” उनले भने,“तर, इजलासमा अरू चार जना पनि थिए,उनीहरूले कुनै पदक वा भाग पाएको सुनिएन। के देउवा वा न्यायालयको कुनै एक पात्रको कुकर्मले बाँकी सबै दोषी हुन्छन् ?”

Share This:
सम्बन्धित खबर
Loading...