देउवा ‘क्याबिनेट’ : २४ प्रतिशत महिला, ४ प्रतिशत दलित

190

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । शुक्रबार मन्त्री राज्यमन्त्रीसहित १८ जना थप भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

यसअघि भने ६ सदस्यीय मन्त्रिपरिषद् थियो । देउवाले सरकारमा ६ महिलाले मन्त्री बन्ने अवसर पाएका छन् । जसमा ५ मन्त्री र एक राज्यमन्त्री छन् । माओवादी केन्द्र पम्फा भुसाल र शशी श्रेष्ठलाई मन्त्री तथ बोधमायाकुमारी यादवलाई राज्यमन्त्री बनाएको छ ।

कांग्रेसबाट उमा रेग्मी, जसपाबाट रेणुकुमारी यादव र एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री मन्त्री भएका छन् । देउवा सरकारमा २४ प्रतिशत महिलाको सहभागिता रहेको छ ।

यस्तै, सरकारमा जनजाति समुदायबाट मन्त्री बन्नेको संख्या २८ प्रतिशत छ । आदिवासी जनजातिबाट शशी श्रेष्ठ, उमेश श्रेष्ठ, रामकुमारी झाँक्री, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ र भवानीप्रसाद खापुङ मन्त्री बनेका छन् ।

यस्तै, मधेसी समुदायबाट उमाकान्त चौधरी, महिन्द्र राय यादव, रेणुकुमारी यादव, बोधमायाकुमारी यादव मन्त्री बनेका छन् ।

दलितबाट एकजना मात्र मन्त्री बनेका छन् । महेश्वरजंग गहतराज माओवादी केन्द्रबाट युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...