भवानी खापुङले गरे राज्यमन्त्रीको प्रस्ताव अस्वीकार

104

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद् भवानीप्रसाद खापुङले फुल मन्त्री नपाए सरकारमा नजाने बताएका छन् । एकीकृत समाजवादीले गठबन्धनको भागबन्डा मिलाउँदा ४ मन्त्रालय मात्र पाउने भएपछि खापुङलाई राज्यमन्त्री बनाउने तयारी थियो ।

खापुङले राज्यमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गरेको एक नेताले बताए । यद्यपि खापुङलाई मनाउने प्रयास जारी रहेको ती नेताको भनाइ छ । तर, खापुङले भने आफूलाई राज्यमन्त्रीको प्रस्ताव पनि नआएको निकटस्थलाई बताएका छन् ।

तेह्रथुमबाट प्रतिनिधिसभामा निर्वाचित भएका उनले नेपाली कांग्रेसका केन्द्रीय सदस्य सीता गुरुङलाई पराजित गरेका थिए । यता एकीकृत समाजवादीले आफ्नो तर्फबाट सरकारमा सहभागी हुने चार जानको नाम टुंगो लगाएको छ ।

एकीकृत समाजवादीले आफूले पाएका ४ मन्त्रालयहरु सहरी विकास मन्त्रालयमा विरोध खतिवडा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रम मन्त्रालयमा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...