प्रदेश १ र बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सत्ता गठबन्धनको सहमति

बालुवाटार बैठक

306

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री पाउने भएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सो सहमति गरेको हो ।

बालुवाटार बैठकबाट बाहिरिएर स्थायी कमिटी बैठकमा भाग लिन गएका नेपालले दुई प्रदेशको मुख्यमन्त्री पाउने सहमति भएको बताए । यसअघि बागमतीमा नेपाली कांग्रेसले मुख्यमन्त्रीको दाबी गरेको थियो ।

प्रदेश १ र बागमती प्रदेशमा अहिले एमालेका मुख्यमन्त्रीहरु छन् । तर, केही दिनभित्रै विश्वासको मत लिनुपर्ने बाध्यतामा रहेका उनीहरु अल्पमतमा छन् ।

एकीकृत समाजवादीबाट प्रदेश १ मा राजेन्द्र राई र बागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्रीका दाबेदार छन् ।

संघीय सरकारमा एकीकृत समाजवादीले कम मन्त्रालय पाउने भएपछि असन्तुष्टि जनाउँदै आएको थियो । त्यसैको क्षतिपूर्ति स्वरुप दुई प्रदेशको मुख्यमन्त्री दिन लागिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...