काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रीहरुको शपथ हुने बताएका छन् ।
आफ्नो पार्टीका तर्फबाट मन्त्रीहरुको नाम टुंग्याएका प्रचण्डले त्यसको भोलिपल्ट बिहीबार बिहान पञ्चली एटके टेलिभिजनको उद्घाटन गर्दै आज साँझसम्ममा मन्त्रिपरिषद्ले पूर्वाता पाउने बताएका हुन् ।
“आज साँझसम्म शपथ ग्रहण भएर मन्त्रिपरिषद्ले पूर्णता पाउँछ,” प्रचण्डले भने ।
परर्वतनको आन्दोलनको नेतृत्व गर्ने अवसर आफूले पाएको हुनाले समावेशी, पिछडिएका वर्ग समुदायलाई अगागि बढाउने प्रयास गरिएको उनको भनाइ छ ।
यस क्रममा आफूले आफ्नो पार्टीका तर्फबाट महिला ५० प्रतिशत, दलित, मधेसीलगायत सबै समुदाय सरकारमा सहभागी गराउने निर्णय गरेको जानकारी दिए ।