मादी हत्याकाण्ड अनुसन्धानमा संलग्न प्रहरी निरीक्षकसहित दुई प्रहरी पुरस्कृत

215

खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको छ जनाको हत्यामा संलग्न अभियुक्तहरूलाई पक्राउ गर्ने दुई प्रहरी पुरस्कृत भएका छन् । उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्याकाण्डको सफल अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी सहायक निरीक्षक रुद्र खड्कालाई पुरस्कृत गरेको हो ।

प्रदेश १ प्रहरी कार्यालयले ६६औँ प्रहरी दिवसको अवसरमा निरीक्षक खतिवडा र प्रहरी नायब निरीक्षक खड्कालाई नगद ५०÷५० हजार रुपैयाँसहित परस्कृत गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । उम्लिङ खोलागाउँका एकै परिवारका छ जनाको हत्या घटनाको सफल अनुसन्धान गरी हत्यामा संलग्न पाँच जना अभियुक्तहरूलाई पक्राउ गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै खतिवडा र खड्कालाई पुरस्कृत र सम्मान गरेको हो ।

घटनास्थलमा संंलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भई आमनागरिकलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छबि उच्च बनाएको र सर्वसाधारणमा शान्ति, सुरक्षाको अनुभूति अभिवृद्धि गर्नेतर्फ प्रशंसनीय कार्य गरेकाले प्रदेश प्रहरी कार्यालय विराटनगरले एक लाख रुपैयाँ राशिको साधनादेवी प्रहरी पराक्रम पुरस्कारले उनीहरूलाई पुरस्कृत गरेको हो ।

गत २१ भदौ बिहान मादी–१ उम्लिङ खोलागाउँका एकै परिवारका छ जनाको हत्या भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...