काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुने मन्त्रीको टुंगा लगाउन स्थायी समिति बैठक बोलाएको छ ।
पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बोलाइएको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने छ ।
स्थायी समिति सदस्य गणेश साहका अनुसार यसअघि पनि मन्त्रीको टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई दिइएकाले आज पनि सोही निर्णय कायम रहन सक्ने सम्भावना पनि छ ।
माओवादीकेन्द्रले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको छ भने अब शिक्षा, श्रम र भूमि सुधार मन्त्रालय पाउने छ ।