श्री एयरलाइन्सको जहाज रनवेमा चिप्लियो

644

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज रनवेमा चिप्लिएको छ । काठमाडौँबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि यात्रुलाई सकुशल ओरालिएको छ ।

श्री एयरको ९ एन–एएनएफ जहाज स्टार्ट गरेर अघि बढाउने क्रममा ट्याक्सी वेबाट घास भएतिर गएको हो ।

करिब ८० जना यात्रु लिएर नेपालगञ्ज उड्न लागेको जहाज उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएपछि सबैलाई निकालिएको छ ।

यात्रुलाई अर्को जहाजमा राखेर पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...