चितवनमाथि भैरहवाको सहज जित

94

काठमाडौँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिइल) अन्तर्गत आज भएको पहिलो खेलमा भैरहवा ग्लाडियटर्स विजयी भएको छ ।

सोमबार चितवन टाइगर्सले दिएको १६५ रनको लक्ष्य भैरहवाले १७.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । भैरहवाको जितमा प्रदीप ऐरीले अर्धशतकीय पारी खेले । ऐरीले ४३ बल खेल्दै ३ छक्का र ८ चौकाको मद्धतमा ७२ रनको योगदान दिए ।

यस्तै, तामिम इक्बालले ४०, उपल थारंगाले ३९ रनको पारी खेले ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।

चितवनका करिम जनतले ३५, मोहम्मद शाहजादले ३२, सिक्कुगे प्रसन्नले २४, भीम सार्कीले १६ तथा राजेश पुलामीले १४ रन बनाएका थिए ।

भैरहवाका अभिनाश बोहराले ३, कुशल मल्लले २ विकेट लिए । यस्तै, धम्मिका प्रसाद, दुर्गेश गुप्त र कृष्ण कार्कीले समान एक–विकेट हात पारे ।

जितसँगै भैरहवा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको भैरहवाको ४ खेलबाट ६ अंक रहेको छ भने चितवन ५ खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...