काठमाडौँ । नेकपा (एमाले)को पदाधिकारी संख्या १५ सदस्य हुने भएको छ । ललितपुरमा जारी विधान महाधिवेशनमा १० वटा समूहको निष्कर्ष, सुझाव र जिज्ञासाको सम्बोधन गर्दै उपमहासचिव विष्णुप्रसाद पौडेलले पदाधिकारीको संख्या १५ जना पुर्याइने जानकारी दिए ।
एमालेले एक अध्यक्ष, एक वरिष्ठ सहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात जना सचिव रहने प्रावधान ल्याएको छ । यसअघि प्रस्तावित विधानमा उपमहासचिव पद नरहने उल्लेख भए पनि सहभागीको सुझावका आधारमा उपमहासचिव पद यथावत् रहने व्यवस्था गरिएको हो ।
यस्तै, पोलिटब्युरो हटाइएको छ भने स्थायी कमिटीमा ४५ जना र केन्द्रीय सदस्यमा २२५ जना सदस्य रहने व्यवस्था गरिएको छ ।
विधान महाधिवेशनमा पार्टीको निर्वाचन आयोग पनि गठन गर्ने कार्यसूची छ । त्यसैगरी, समसामयिक प्रस्ताव पनि महाधिवेशनले पारित गर्ने एमालेले जनाएको छ ।