अखिल क्रान्तिकारीको अध्यक्ष दाबी गरेका ५ नेता बने माओवादी कन्द्रको केन्द्रीय सदस्य

277

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल क्रान्तिकारीको अध्यक्षमा दाबी गरेका ५ नेतालाई पार्टीको केन्द्रीय सदस्य बनाएका छन् ।

अध्यक्ष प्रचण्डले क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई चयन गरेपछि अन्य ५ जनालाई आजैदेखि लागु हुनेगरी केन्द्रीय सदस्य मनोनयन गरेका हुन् ।

आइतबार बिहान खुमलटारमा विद्यार्थीका नेताहरुसँग छलफल गर्दै प्रचण्डले आजकै मितिदेखि लागु हुने गरी विद्यार्थी नेताहरु सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दिपक देवकोटा र विजय गौतम माओवादी केन्द्रको केन्द्रीय सदस्य बनाएका हुन् ।

विद्यार्थी नेताहरुसँग छलफल गर्ने क्रममा प्रचण्डले पार्टीले विधानमै ४० वर्ष उमेर नकटेका २० प्रतिशत युवालाई केन्द्रीय समितिमा थप गर्ने निर्णय गरेको आधारमा पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय भएको बताएका थिए । त्यस्त, निवर्तमान अध्यक्ष रञ्जित तामाङ पनि माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...