पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीकी पहिलो महिला अध्यक्ष

183

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छन् ।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले अध्यक्ष चयन गर्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ लाई जिम्मेवारी दिएको थियो ।

प्रचण्डसहित अखिल क्रान्तिकारीका विद्यार्थीहरू सहभागी भएको बैठकले आइतबार बिहान अध्यक्षमा पञ्चा सिंहलाई चयन गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका नेता रत्न ढकालले जानकारी दिए । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलोपटक हो ।

अखिल क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेतको पनि दाबी थियो ।

Share This:
सम्बन्धित खबर
Loading...