विश्वराम र सपनाको ‘तिमी आएर नजाऊ’ सार्वजनिक [भिडियो]

293

काठमाडौँ । चर्चित गायक विश्वराम कार्की र सपना श्रेष्ठको आवाजमा रहेको ‘तिमी आएर नजाऊ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक विश्वराम कार्की सुमधुर स्वरका धनी छन् । उनले भर्खरै मात्र ‘तिमी त अचेल’को म्युजिक भिडियोसमेत बजारमा लिएर आएका थिए ।

गीतमा शब्द÷संगीत भीम बिसीको रहेको छ भने म्युजिक भिडियोमा प्रिन्स विश्वकर्मा र शिक्षा संग्रौलाको अभिनय रहेको छ।

ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको भिडियोलाई प्रमोद के भण्डारीले निर्देशन गरेका हुन् भने गीतको भिडियोलाई निर्माता दीपक पोखरेल बिक(अमेरिका)ले निर्माण गरेका हुन् ।

विश्वराम कार्कीको युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक भएको छ।

Share This:
सम्बन्धित खबर
Loading...