कांग्रेसले चुनावी गठबन्धन गर्दैन, सबै दल मिलेर आए पनि बहुमत ल्याउँछौँ : गगन थापा

298

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आगामी चुनावमा कम्युनिस्ट, मधेसवादी र राप्रपा मिले पनि कांग्रेस एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् ।

काठमाडौँ महानगरपालिकाको कांग्रेस अधिवेशन समारोहलाई सम्बोधन गर्दै थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारे ।

उनले त्यसका लागि केही ध्यान दिनुपर्ने पनि औँल्याए । “कांग्रेस कसैसँग मिलेर चुनावमा जाने होइन । कम्युनिस्ट, मधेसवादी वा राप्रपा कसैसँग मिल्ने होइन,” थापाले भने,“उनीहरु मिले पनि जित्न सक्छौँ । त्यसका लागि हामीले पनि ध्यान दिएर लाग्नुपर्छ ।”

उनले थपे,“कांग्रेस आगामी निर्वाचनमा कोहीसँग तालमेल गर्दैन । एक्लैले बहुमत ल्याउँछ ।”

नेता थापाले कांग्रेसमा सुद्धिकरणको आवश्यकता रहेको पनि औँल्याए । अहिलेकै अवस्थामा नेपाली कांग्रेसले देशको नेतृत्व गर्न नसक्ने बताए । अहिलेको अवस्थामा रहे नेपाली कांग्रेसलाई जनताले भरोसा नगर्नेसमेत उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...