काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफू परिस्थितिका कारण कलाकार हुन नसकेको बताएका छन् ।
सुनाखरी मल्टिमिडिया फाउन्डसको आयोजनामा शुक्रबार काठमाडौँमा भएको राष्ट्रिय काँठे लोक दोहरी अवार्ड वितरण कार्यक्रममा प्रचण्डले सानैदेखि गीत गाउने इच्छा भएपनि परिस्थितिले साथ नदिएको र कलाकार हुन नसकेको बताएका हुन् ।
गीत संस्कृति, खेल भनेपछि लठ्ठ पर्ने बानी रहेको उनको भनाइ छ । उनले गीत संस्कृति, खेल क्षेत्र राष्ट्रको गौरवको विषय भएको धारणा राखे । राजनीतिक कार्यक्रम निरस हुने र आजभोलि गालीगलौज पनि हुन थालेको उनले बताए । उनले लोक संस्कृतिसम्बन्धी कार्यक्रममा सहभागी हुँदा रिल्याक्स महसुस गरेको उल्लेख गरे ।
कार्यक्रममा बिभिन्न कलाकार, पत्रकार लगाएतलाई सम्मान गरिएको थियो ।