बाजुरामा कांग्रेस कार्यकर्ताद्वारा एम्बुलेन्स तोडफोड

311

बाजुरा । नेपाली कांग्रेस बाजुराका कार्यकर्ताले नेपाल रेडक्रस सोसाइटी बाजुराको एम्बुलेन्स तोडफोड गरेका छन् ।

कांग्रेस बाजुराको जिल्ला अधिवेशनमा प्रदेश (ख)मा निर्वाचनको मतगणना स्थल बनाएको बडिमालिका नगरपालिकाको गेटभित्र राखिएको एम्बुलेन्समाथि तोडफोड भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कांग्रेस कार्यकर्ताले एम्बुलेन्सको अगाडिको सीसा फुटाइदिएका हुन् । घटना बिहीबार राति भएको हो ।

एम्बुलेन्स भारतीय दुतावासको सहयोगमा नेपाल रेडक्रस सोसाइटी उपशाखा बाजुराले सञ्चालन गरिरहेको थियो । मर्मत गरेर ल्याइएको एम्बुलेन्समा तोडफोड भएको रेडक्रस बाजुराका सभापति रमबहादुर शाहीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...