एकीकृत समाजवादी पार्टी कृत्रिम गर्भाधानबाट जन्मिएको बच्चाजस्तो : खगराज अधिकारी

372

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद् तथा पूर्वमन्त्री खगराज अधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी कृत्रिम गर्भाधानबाट जन्मिएको बच्चा जस्तो भएको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा सांसद् अधिकारीले एकीकृत समाजवादी अवैधानिक पार्टी भएको बताउँदै उक्त पार्टी कृत्रिम गर्भधानबाट जन्मिएको बच्चा जस्तो भएको जिकिर गरे ।

उनले एमाले कानुन र संविधानको रक्षाका लागि दृढताका साथ संसद्मा उभिरहने बताए । सांसद् अधिकारीले एमालेले गररेको संसद्को अवरोध खुलाउन खोजिएको हो भने प्रधानमन्त्री देउवाले एमाले संसदीय दलका नेतासँग छलफल गर्नुपर्ने बताए ।

“संसद्को अवरोध खुलाउन खोजेको हो भने सभामुखले प्रमुख प्रतिपक्षी दलको नेतासँग व्यक्तिगत रुपमै भेट्नुहोस् । ज्ञानेन्द्रबहादुर कार्कीलाई सिधै तपाईंको प्रधानमन्त्रीलाई संसदीय दलको नेतासँग भेट्नुहोस् । नेकपा एमाले कानुन र संविधानको रक्षाका लागि दृढताका साथ संसद्मा उभिरहन्छ,” अधिकारीले भने । उनले आफूहरुको माग पूरा नहुँदासम्म संसद्को अवरोध जारी सहने पनि बताए ।

Share This:
सम्बन्धित खबर
Loading...