संसद्को गतिरोध अन्त्य गर्न सरकारले एमालेलाई मात्र छलफलमा बोलाउनुपर्छ : प्रमुख सचेतक भट्टराई

366

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना मागका बारेमा सरकारले एमालेलाई मात्र छलफलमा बोलाउनुपर्ने बताएका छन् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा भट्टराईले आफूहरुको उठान गरेका मुद्दामा सत्तापक्ष वा सभामुखले समाधानमुखी प्रयासका लागि एमालेसँग मात्र सिधैँ छलफल गर्नुपर्ने बताएका हुन् ।

अरु गठबन्धन दलसँग बसेर छलफल गर्न आवश्यक नरहेको र एमालेलाई मात्र बोलाए छलफलमा सहभागी हुने उहाको भनाइ छ । एमाले संवादमा विश्वास गर्ने भएकाले शान्तिपूर्ण समाधानका लागि छलफल गर्न तयार रहेको उनले बताए । एमालेको एजेन्डामा निरुपण गर्ने गरि सरकार र सभामुखले छलफल नै नरहेको भट्टराईको तर्क छ ।

उनले आफ्ना सांसद्को कारबाहीका विषयमा सभामुखसँग आपत्ति रहेको र पार्टी फुटाउन संसद छलेर अध्यादेश ल्याउने र फिर्ता गर्ने विषयमा सरकारसँग आपत्ति रहेको उल्लेख गरे ।

Share This:
सम्बन्धित खबर
Loading...