नेपाली कांग्रेस देखेर लोकतन्त्र रोइरहेको छ : महेश बस्नेत

349

काठमाडौँ । नेकपा (एमाले)का नेता महेश बस्नेतले नेपाली कांग्रेस देखेर लोकतन्त्र रोइरहेको बताएका छन् ।

एमाले चाँगुनारायण नगर कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले भने,“हिजो केपी ओली तानाशाही भए, ओलीको पालामा रुन पाइँदैन भन्ने शेरबहादुर देउवा र लोकतन्त्रको हिमायती ठान्ने देउवा र कांग्रेसका अनुयायी देखेर लोकतन्त्र रोइरहेको छ ।”

बस्नेतले मान्त्रिपरिषद् विस्तार गर्न नसक्ने सरकार अस्वस्थ रहेको बताए । “यसको जन्म नै परमादेशबाट भएको छ । यो सरकार जन्मिँदै अस्वस्थ कुपोषण भएर जन्मियो । यिनले ल्याएको बजेटले अघिल्लो सरकारको १४ सय सडक कटौती गर्यो । भक्तपुर पनि परे । ओली सरकारको लोकप्रिय बजेट प्रतिस्थापन गरियो,” उनले भने ।

देश विकास गर्ने शक्ति कमजोर पार्न एमाले फुटाइएको उनको आरोप थियो । “हिजो आलीलाई आरोप लगाउने प्रचण्ड यो समग्र योजनाको डिजाइनर म र माधव नेपाल हो भनेर खुल्लम खुला हिँडिरहेका छन्,” उनले भने,“हाम्रोविरुद्ध चौतर्फी घेराबन्दी छ । सुखी नेपाली समृद्ध नेपालको लिड गर्ने पार्टी एमाले हो । यसलाई कमजोर नबनाएसम्म तस्कर माफियाको अड्डा बनाउँन सकिँदैन भन्ने छ ।

चुनावसम्म सत्ता गठबन्धन नटिकाए एमालेलाई हराउन सकिँदैन भनेर प्रचण्ड गठबन्धन जोगाउन रातदिन लागिपरेको उनको भनाइ थियो । एमालेले एक्लै भिड्ने र यसका लागि नेता कार्यकर्ता सचेत हुनुपर्ने बस्नेतले जोड दिए ।

Share This:
सम्बन्धित खबर
Loading...