अब एक-दुई दिनभित्रै सरकारले पूर्णता पाउँछ : रमेश लेखक

311

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखकले अब एक/दुई दिनभित्रै सरकारले पूर्णता पाउने स्पष्ट पारेका छन् ।

सोमबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले अहिले आफ्नो पार्टीको मात्रै सरकार नभएको र सरकारमा गठबन्धनको सहभागिता रहेकोले केही राजनीतिक र वैधानिक समस्या समाधान गर्नुपर्ने भएकोले सरकार विस्तारमा ढिलाई भएको बताए ।

उनले छिट्टै मन्त्रिमण्डलले पूर्णता दिन छलफल भइरहेका जानकारी दिए । नेता लेखकले वर्तमान सरकारले सबैभन्दा प्राथमिकता दिएर कोभिड–१९ बाट नेपाली जनतालाई कोभिडको जोखिमबाट बचाउने प्रण लिएको र सोहीअनुसार काम गरिरहेको धारणा राखे । त्यस्तै, उहाले तोकिएकै मितिमा पार्टीको १४औँ महाधिवेशनपनि सम्पन्न हुने दाबी गरे ।

दसैँअघि नै ७७ वटै जिल्ला अधिवेशन सम्पन्न हुने लेखकको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...