संसद्‌मा लगातार विरोध हुँदा पनि सरकार तमासा हेरेर बस्यो : खगराज अधिकारी

205

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता खगराज अधिकारीले लगातार संसद्‌मा विरोध हुँदा पनि सरकार तमासा हेरेर बसेको आरोप लगाएका छन् ।

सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले आफूलाई लोकतन्त्रवादी भन्ने कांग्रेस नेतृत्वको सरकारले संसद्‌मा देखिएको गतिरोध अन्त्य गर्न कुनै भूमिका निर्वाह नगरेको र तमासा हेरेर बसेको आरोप लगाएका हुन् ।

उनले सरकारले अहिले गैरजिम्मेवार प्रवृति देखाएको तर्क गरे । अधिकारीले अकस्मात संसद बन्द गरी दलीय व्यवस्थालाई समाप्त गर्ने सत्ता गठबन्धनको षडयन्त्रको जारी रुप संसद्‌मा देखिएको धारणा राखे । त्यस्तै, उनले सरकार आफ्नो नीति र सिद्धान्तमा विश्वस्त नरहेको आरोप लगाए ।

अधिकारीले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालोधनलाई सेतो बनाउने प्रावधान राखिएको भन्दै यसले अन्तर्राष्ट्रिय कानुन आकर्षित हुने र नेपाल नै कालो सूचीमा पर्ने खतरा रहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...