काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सोमबार दिउँसो केहीबेर बसेसँगै बैठक असोज १४ गतेसम्मका लागि स्थगित गरिएको हो ।
सोमबारको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध जारी राखेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले दल विभाजनमा सहयोग गरेको भन्दै एमाले सांसद्हरुले प्रतिनिधिसभाको नवौँ अधिवेशनको पहिलो बैठकदेखि नै विरोध गर्दै आएका छन् ।
सोमबारको बैठकमा भने एमाले सांसद्हरुले नयाँ नारा पनि लगाएका छन् । उनीहरुले ‘कालो धनलाई वैधानिक बनाउन पाइँदैन’ भन्दै नारा लगाएका छन् ।