राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार : माओवादी केन्द्र

202

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले मन्त्रिपरिषद् विस्तारका लागि कानुनी जटिलता अन्त्य हुनुपर्ने बताएको छ ।

सोमबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले मन्त्रिमण्डल विस्तारका लागि पहिला राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने जनाएको हो ।

माओवादी केन्द्रका संसदीय दलका नेता देव गुरुङले अहिले जारी कानुनी जटिलता मिलाएपछि मात्र मन्त्रिपरिषद् विस्तारका लागि अघि बढ्ने निर्णय भएको बताए ।

“केही कानुनी जटिलताका विषय भएकाले त्यसलाई पन्छाइसकेपछि बल्ल मन्त्रिमण्डलको बारेमा प्रवेश गर्ने भन्ने कुरा भएको छ,” गुरुङले भने,“कानुनी पाटा सदन अदालतसँग, अध्यादेशसँग जोडिएको विषय भएकाले त्यसलाई छिटो टुंग्याउन पहल गर्ने भन्ने भएको छ ।”

सरकारले आज मन्त्रिपरिषद् बैठक राखेर संसद्को अधिवेशन अन्त्य गर्दै अध्यादेश फिर्ता लिने तयारी गरेको अवस्थामा माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...