कांग्रेस अधिवेशन : लम्जुङका सात स्थानीय तहमा ६ वटामा संस्थापनइतर विजयी

239

लम्जुङ । लम्जुङका आठवटा स्थानीय तहमध्ये राइनास नगरपालिकाबाहेक सातवटै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ ।

चारवटा गाउँपालिकामा नेतृत्वसहित पदाधिकारी र सबै सदस्य सर्वसम्मत भएका छन् । नगरपालिकामा भने चुनावी प्रक्रियाबाट नेतृत्वको टुंगो लगाएको हो ।

क्व्होलासोँथर गाउँपालिकामा पसबहादुर गुरुङ सभापतिमा निर्विरोध निर्वाचित भएका छन् भने दुधपोखरी गाउँपालिका सभापतिमा मेघराज गुरुङ सर्वसम्मत सभापतिमा चयन भएका छन् । मर्स्याङ्दी गाउँपालिकामा कृष्णबहादुर गुरुङको सभापतित्वमा कार्यसमिति गठन गरिएको छ ।

दोर्दी गाउँपालिकाको सभापतिमा विच्छबहादुर घले सर्वसम्मत भएका छन् । बेँसीसहर नगरपालिकामा शरणहरि जोशी निर्वाचित भएका छन् । मध्यनेपाल नगरपालिकामा वसन्तराज घिमिरे सभापतिमा विजयी भएका छन् । सुन्दरबजार नगरपालिकामा प्रकाश सेढाईं सभापतिमा निर्वाचित भएका छन् । कांग्रेस सभापति भेषबहादुर पौडेलले राइनास नगरपालिकाको मतपत्रमा त्रुटि भएका कारण मतदान स्थगित भएको बताए ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको लम्जुङका नगर तथा गाउँ अधिवेशनमा संस्थापनइतर समूह बलियो देखिएको छ । नतिजा सार्वजनिक भएका सातवटा स्थानीय तहमध्ये छवटामा संस्थापनइतर समूहले जितेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...