अफ्रिता खड्गीको ‘कस्तो त्यो बेदना’ बोलको गीत सार्वजनिक [भिडियो]

349

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल ३’ मा सहभागी भएर राम्रो चर्चा कमाएकी गायिका अफ्रिता खड्गीको स्वरमा रहेको ‘कस्तो त्यो वेदना’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा शब्द तथा संगीत राज लिम्बूको छ ।

काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा बाल्यकालको साथीसँगको प्रेम र मित्रतालाई सम्झिने कोशिश गरिएको छ । भिडियोमा गायिका खड्गीको साथमा बाल–कलाकार समृद्धि र सौरभको अभिनय छ ।

कुलेखानी र ललितपुरमा छायांकन गरिएको भिडियोमा इसाब जबेगुले खिचेका छन् भने हाङ चेम्जोङको निर्देशन छ ।

Share This:
सम्बन्धित खबर
Loading...