एक-दुई दिनमै अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनको सहमति

205

काठमाडौँ । सत्ता गठन्धनका शीर्ष नेताहरुबीच राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको छलफलका क्रममा अध्यादेश फिर्ता लिने विषयमा छलफल भएको एक नेताले जानकारी दिए ।

अध्यादेशका बारेमा टुङ्गो नलगाएसम्म मन्त्रिपरिषद् बिस्तार हुने नदेखिएपछि गठबन्धनदलहरुले यसलाई फिर्ता लिने विषयमा छलफल गरेका हुन् ।

त्यस्तै बैठकमा मन्त्रिपरिषद् विस्तारमा ढिला भएको र एक÷दुई दिनभित्रैमा टुंगोमा पुग्ने गरी तयारी गर्ने नेताहरुले सहमति गरेका छन् ।

बैठकमा संसद्को गतिरोध र पछिल्लो घटनाक्रममा पनि छलफल भएको थियो । सरकार गठन भएको लामो समयबित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा सरकारको आलोचना भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...