कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे

319

पोखरा । पोखरा महानगरपालिकामा सुरेन्द्रमान बिजुक्छे नेपाली कांग्रेसको नगर सभापतिमा निर्वाचित भएका छन् । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शनिबार भएको नगर अधिवेशनबाट बिजुक्छे सभापतिमा निर्वाचित भएका हुन् ।

आइतबार बिहान घोषित मत परिणामअनुसार उनले ४१४ मत प्राप्त गरे । कुल १३ सय ४४ मत खसेकोमा प्रत्यासी गंगाधर पराजुलीले ३४६ मत प्राप्त गरे ।

महानगरको सभापति पदमा ६ जनाले उम्मेदवारी दिएका थिए । जसमा उम्मेदवार रामराज लामिछानेले २०९ मत, मिलन तिवारीले १५३ , मोहन बास्तोलाले १२६ र ज्योति हमालले ११ मत प्राप्त गरे ।

पोखरा उद्योग वाणिज्य सङ्घको महासचिव समेत रहेका बिजुक्छे यसअघि नेपाली कांग्रेसको पोखरा महानगरको उपसभापति थिए ।

यसै गरी उपसभापतिमा ५६९ मत प्राप्त गर्दै प्रयागराज भण्डारी र ४६४ मत प्राप्त गर्दै भवसागर बराल निर्वाचित भएका छन् । उपसभापतिका ६ जना प्रत्यासी रहेकोमा निर्दोशविक्रम पौडेलले ४०७, राजेन्द्र बरालले ३७५, कृष्णप्रसाद अधिकारीले ३६८ र शिव केसीले १६८ मत प्राप्त गरे ।

दुई जना निर्वाचित हुने महानगरको सचिवमा टुवराज बास्तोला र गणेशबहादुर थापा विजयी भएका छन् । बाँस्तोलाले ८५८ मत र थापाले ७८९ मत प्राप्त गरे । सचिवका अर्का प्रतिस्पर्धी सुरेन्द्रबाबु तिवारीले ६२१ मत प्राप्त गरे ।

सहसचिवमा ५८० मत प्राप्त गर्दै संघर्ष कोइराला र ४६५ मत प्राप्त गर्दै सञ्जय आले निर्वाचित भए । सहसचविका ६ उम्मेदवार मध्ये नरेन्द्र बास्तोलाले ४३१, पुष्पराज सिग्देलले २४४, रवीन कायस्थले २७८, लक्ष्मी बास्तोलाले ३८६ मत प्राप्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...