प्रधानमन्त्री देउवा र कलेजो प्रत्यारोपण सर्जन भण्डारीसहितको टोलीबीच भेटवार्ता

323

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा.रमेश भण्डारीको टोलीबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न डा.भण्डारीसहितको टोली बालुवाटार पुगेको थियो । शिक्षण अस्पतालमा शुक्रबार छैटौँ व्यक्तिको कलेजो प्रत्यारोपण गरिएसँगै चिकित्सकहरुको टोलीले प्रधानमन्त्री देउवासँग छलफल गरेको हो ।

डा.भण्डारीको टोलीले शुक्रबारसम्म भएका ६ वटा कलोजो प्रत्यारोपण र आगामी योजनाका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको थियो ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले कलेजो तथा अन्य अंग प्रत्यारोपण सेवाको विकास र विस्तारमा सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

शुक्रबार छैटौँ प्रत्यारोपण गर्ने क्रममा काठमाडौँका एक ३६ वर्षीय श्रीमानका लागि ३१ वर्षीया श्रीमतीले कलेजो दिएकी हुन् । शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरु भएयता यसअघि ५ जनाको सफल प्रत्यारोपण गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...