वायु प्रदूषणका कारण हरेक वर्ष ७० लाखको मृत्यु

278

काठमाडौँ । वायु प्रदूषणका कारण विश्वभर हरेक वर्ष करिब ७० लाख मानिसको अल्पायुमै मृत्यु हुने गरेको छ ।

प्रदूषणपछि फैलने विभिन्न रोगका कारण यति धेरै मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको हो ।

डब्ल्युएचओले वायु प्रदूषणको अवस्था मानिसले सोचेभन्दा खतरनाक रहेको समेत चेतावनी दिएको छ ।

डब्ल्युएचओले नोभेम्बरमा हुन लागेको कोप–२६ सम्मेलनअघि एक सय ९४ सदस्य राष्ट्रलाई उत्सर्जन घटाउन तथा जलवायु परिवर्तनको सम्बन्धमा काम गर्न अनुरोध गरेको छ ।

वायु प्रदूषणका कारण श्वासप्रश्वासजन्य रोग हुन्छ । दूषित वायुले मानिसको फोक्सोकोमा गम्भीर असर गर्ने विज्ञहरू बताउँछन् ।

Share This:
सम्बन्धित खबर
Loading...