एमाले एमसीसीको पक्षमा छ : प्याकुरेल

348

महोत्तरी । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य सुमन प्याकुरेलले माधव नेपालले शेरबहादुर देउवालाई सोधेर पार्टी खोलेको आरोप लगाएका छन् ।

सहीद कृष्णबहादुर स्याङतानको स्मृति दिवसमा सहभागी हुन महोत्तरी पुगेका नेता प्याकुरेलले देउवालाई प्रधानमन्त्री बनाउन भूमिका खेलेका नेपाल कुनै हालतमा कम्युनिस्ट हुन नसक्ने जिकिर गरे ।

माधव नेपालको पार्टी विभाजनले आफूहरूलाई तीन प्रतिशत पनि असर नपरेको उनले बताए । उनले एमालेबाट प्रदेशसभा छोड्नेहरू पनि समानुपातिक सांसद रहेको उनले बताए ।

उनले कांग्रेसभन्दा आफूहरू बलियो रहेको बताएका छन् । एमसीसीको विषयमा अनावश्यक हल्ला नगर्न उनको आग्रह छ । उनले एमाले एमसीसीकै पक्षमा रहेको बताए ।

“एमसीसी जनताको हितमा छ । यसको विरुद्धमा नबुझेर अनावश्यक हल्ला गर्नु आवश्यक छैन,” उनले भने ।

प्रतिनिधिसभा बारे बोल्दै उनले सभामुखले आत्मआलोचना नगरेसम्म एमालेले बैठक बहिष्कार नै गरिरहने बताए । नेकपा एमालेले बैठकलाई बहिष्कार गर्दागर्दै पनि संसदबाट बजेट, नीति तथा कार्यक्रम पास गराउनु दुःखद भएको नेता पोखरेलको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...