ओलीले भने, ‘माधव नेपालको पार्टीमा बस्न पदाधिकारी पनि भेटिएन’

194

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका छन् ।

उपत्यका विशेष प्रदैश कमिटीद्वारा आायोजित बृहत् भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले भर्खरै आफूले सो पार्टीको निर्णय हेरेको तर पार्टीमा अझै पनि पदाधिकारी रिक्त रहेको पाएको टिप्पणी गरे ।

“माने पार्टीको हेर्दै थिएँ, पदाधिकारी अलि भरिएको छैन । कोही भेटिन्छन् कि भनेर खोज्दै हुनुहुन्छ तर पूरा भएको छैन,” उनले भने । आफूहरुमा कसैको पार्टी कार्यालय कब्जा गर्न जाने खालको राजनीति नगर्ने पनि प्रष्ट पारे । पार्टी निकट कर्मचारी संगठनको कार्यालय विवादलाई उल्लेख गर्दै उनले भने,“प्रहरीलाई कानुन उल्लङ्घन गर्ने संयन्त्रका रुपमा सत्ता पक्षले प्रयोग गरिरहेको छ । वैधानिक कर्मचारी संगठनको कार्यालयमा दुई चार मान्छे आएर विवाद गरेका छन्, एउटा कार्यालय पनि खोल्न सक्दैनन् ? अर्काको कार्यालय कब्जा गर्न आउने !”

ओलीले आफ्नो सरकार अझै दुई वर्ष टिकेको भए अन्य दलको सटर बन्द हुने बताए । “सरकारबाट हामीलाई त्यतिकै हटाएको होइन र चीनतिर। भारततिर सबैतिर सडक सञ्जाल खोलेको छ । विकासको लहर आएको छ,” उनले भने,“कालापानी–लिम्पियाधुरा समेटेर नक्सा निकालेको छ । धरहरा र रानीपोखरी बनाएको छ । त्यहीकारण उनीहरुलाई खपिनसक्नु भएर सत्ताबाट हटाए ।”

उनले आफ्नो पालामा विकासको लहर चलाएको बताउँदै देशभर कयौँ राजमार्ग बनाइसकेको पनि जिकिर गरे । “एमालेको सरकारलाई अझै दुई वर्ष टिकेको भए विचराहरुको सटर बन्द हुन्थ्यो । घ्यार्र सटर झर्थ्यो, राजनीतिक सटर बन्द हुने डरले हटाए सरकारबाट,” उनले भने,“अहिले त आउनेबित्तिकै भूमि समस्या समाधान आयोग विघटन गरिदिए । राम्रो काम गर्दै गरेका राजदूतहरु फिर्ता गरिएको छ ।”

Share This:
सम्बन्धित खबर
Loading...