बादल र टोपबहादुरको नाम लिँदै प्रचण्डले भने, ‘सम्झिँदा पनि एलर्जी हुन्छ’

390

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एमाले प्रवेश गरेका दुई नेताहरु रामबहादुर थापा‘बादल’ र टोपबहादुर रायमाझीप्रति दिग्दारी व्यक्त गरेका छन् ।

वाइसिएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले थापा र रायमाझी भगौडा भएको बताए ।

“जसलाई धेरै मन्त्री बनाएँ मैले, त्यही सबैभन्दा ठुलो भगौडा । त्यही धोकेबाज भन्ने जनतालाई भयो । कोहीकोहीलाई मन्त्री बनाएपछि ठिक हुन्छ भन्ने ठानेको त केको हुन्थ्यो ? त्यो बनाएँ, अहिले कहाँ हेर्नुस् त । त्यो टोपबहादुर भन्नेलाई मैले कतिचोटी मन्त्री बनाएँ, अहिले कहाँ हेर्नुस् त । त्यो बादल मेरो हिजोको साथी, बढी त भन्दिन अहिले तर एलर्जी हुन्छ, सम्झिँदा पनि …कहाँबाट ल्याएर गृहमन्त्रीसहित सरकारको तपाईं नेतृत्व गर्नुस् भनेर बताएको त …?,” उनले भने ।

प्रचण्डले आउने निर्वाचनमा आफ्नो पार्टी एक नम्बरको हुने दाबी गरे ।

हेर्नुहोला हामी एक नम्बर भएर देखाउँछौँ, देखाउनैपर्छ । सबै जाग्ने हो भने त्यो टाढा छैन,” प्रचण्डको भनाइ छ । उनले कहिलेकाहीँ कसैले मानिसहरु निराश छन् भन्ने गरेको सुनेको भन्दै आफूले जनता निराश नभएको भनेर भन्ने गरेको बतए । “मैले के भन्ने गरेको छु भने जनता निराश छैनन् । जनता अलिअलि वाक्कदिक्क भाका छन् किनभने माओवादीका नेता कहाँ गए ? सधैँ घरमा आउँथे, दुःख सुखका कुरा गर्थे, खेतीपाती पनि सघाउँथे भनेर निराश छन् । आइदिए हुन्थ्यो भन्ने छ,” प्रचण्डको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...