थप १२३९ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काेराेना अपडेट

264

काठमाडौँ । नेपालमा बिहीबार थप १ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ११ हजार ६ सय २९ पिसिआर परिक्षणका क्रममा ९ सय ४१ जना र ३ हजार ६ सय १४ एन्टीजेन परिक्षणका क्रममा २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७८ हजार ६ सय ७६ पुगेको छ ।

त्यस्तै कोरानोका कारण थप १३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ७२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १३ सय २४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ५६ हजार ९ सय ५४ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा २० हजार ७ सय ४३ सक्रिय संक्रमित आइसोलेसन र २ सय ४६ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...