कार्यकर्तामाथि हातपात भएको भन्दै पौडेल र कोइराला धर्नामा बस्ने

296

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा धर्नामा बसेकाहरुलाई मन्त्रीले हातपात गरेको भन्दै कांग्रेस संस्थापन इतर समूह प्रतिकारमा उत्रिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी कार्यालयमा विरोध र धर्ना दिने तयारी गरेको छ ।

नेपाली कांग्रेस सर्लाहीका कार्यकतामाथि प्रदेश-२ का युवामन्त्री वीरेन्द्र सिंहले दुर्व्यहार गरेको भन्दै आज विरोध प्रदर्शन हुन लागेको हो ।

कांग्रेस सांसद् अमरेशकुमार सिंहको नेतृत्वमा विरोध प्रदर्शन गर्न लागिएको हो । सिंहको नेतृत्वमा हुने विरोध प्रदर्शनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइरालालगायतका नेताले ऐक्यवद्धता जनाउने छन् ।

पौडेल र कोइराला केहीबेरमा सानेपामा पुगेर धर्नामा रहेका सर्लाहीका कांग्रेस कार्यकर्ताहरुको विरोधमा समर्थन जनाउने बताइएको छ । संस्थापन इतरका अन्य नेताहरु पनि सानेपा जाने तयारीमा छन् ।

मंगलबार प्रदेश-२ का युवा तथा खेलकुद र महिला बालबालिकामन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाही जिल्ला बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोलाई हातपात गरेको भन्दै विरोध जनाइएको हो ।

पार्टी कार्यालय सानेपामा भएको त्यो विवादबारेको करिब दुई मिनेट लामो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...