कांग्रेस पदाधिकारीको बैठक बस्दै

358

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक बिहीबार दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।

बैठकमा पार्टीको १४औँ महाधिवेशन, क्रियाशील सदस्यता, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।

कांग्रेस पदाधिकारीको बैठक बुधबार पनि बसेको थियो । हिजोको बैठकमा रामचन्द पौडेल पक्षधरहरुले सभापति देउवाले एकलौटी रुपमा मन्त्रिमण्डल विस्तार गरेकोबारे असन्तुष्टि जनाएको थियो ।

देउवाले हिजो आफूनिकट नेता डा.नारायण खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...