मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

149

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता साझेदार गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ ।

बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायत नेताहरु उपस्थित छन् ।

मंगलबार बसकेको बठबन्धनको बैठकले डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो ।

बुधबारको बैठकले बाँकी मन्त्रीको टुंगो लगाउन सक्ने स्रोतले बताएको छ ।

गत २९ असारमा प्रधानमन्त्री नियुक्त देउवाको मन्त्रिपरिषद् ६ सदस्यीय मात्र छ ।

Share This:
सम्बन्धित खबर
Loading...