प्रमोद खरेलेको स्वरमा ‘आज मेरो दिल जलेर’ बोलको गीत सार्वजनिक [भिडियो]

336

काठमाडौँ । गायक प्रमोद खरेलको नयाँ गीत बजारमा आएको छ । उनको स्वरमा पछिल्लो पटक ‘आज मेरो दिल जलेर’ बोलको गीत सार्वजनिक भएको हो ।

सार्वजनिक गीत रवि प्याकुरेल ‘अञ्जान’ले लेखेका हुन् । गीतमा राज कुमारको संगीत संयोजन रहेको छ । सार्वजनिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

प्रेम पीडालाई प्रस्तुत निकै नै मर्मस्पर्शी गीतको म्युजिक भिडियो एक्का कम्पनी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

म्युजिक भिडियोमा विक्रम बुढाथोकी,चाँदनी सिल्या र प्रिन्सले स्क्रिन सेयर गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...