सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुने

329

काठमाडौँ । सत्तारुढ गबठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । बुधबार साँझ ५ बजे गठबन्धनमा रहेका दलहरुको बैठक बोलाइएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे बैठकमा छलफल हुने एक नेताले जानकारी दिए ।

सरकार बनेको साढे दुई महिना पुग्न लाग्दासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना हुन थालेपछि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको छलफल बाग्लिएको हो ।

मंगलबार बसेको सत्ता गठबन्धन दलको बैठकले नेपाली कांग्रेसका नेता डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो ।

हिजोको बैठकमा माओवादीबाट मात्रै भएपनि मन्त्रीहरु सहभागी गराउन प्रचण्डले देउवालाई दबाब दिएका थिए । मन्त्रीको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी छ ।

देउवाले आजै डा.खड्कालाई परराष्ट्रमन्त्री बनाएका छन् ।

 

Share This:
सम्बन्धित खबर
Loading...