वामदेव गौतमको गृह जिल्ला जाँदै ओली

196

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज वामदेव गौतमको गृह जिल्लाका एमाले कार्यकर्तालाई सम्बोधन गर्दैछन् ।

ओलीले आज बर्दिया र बाँकेका दुईवटा आमसभालाई सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे बर्दियाको गुलरियामा आयोजना हुने जिल्ला कार्यकर्ता भेला र १ बजे नेपालगञ्जमा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

गुलरियामा पहिलोपटक वामदेवविहीन एमालेको आमसभा हुँदै छ । एमालेका उपाध्यक्ष रहेका गौतमले पार्टीबनट राजीनामा दिएका छन् । उनकी श्रीमती सांसद तुलसा गौतम माधव नेपालको पार्टीमा लागेकी छन् ।

अध्यक्ष ओलीले आजै नेपालगञ्जको सिदार्थ भ्यू कारकादोमा आयोजना हुने कार्यक्रममा दिउँसो १ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले बाँकेका पूर्व अधयक्ष सूर्य ढकालले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...