काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेको छ ।
मंगलबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकको सुरुमा बोल्दै एमाले सांसद् भैरवसुन्दर श्रेष्ठले सभामुख सापकोटाको राजीनामा मागेका हुन् ।
“सभामुखकै कारण प्रतिनिधिसभा चलेको छैन । त्यहीकारण राष्ट्रियसभा पनि प्रभावित भएको छ,” उनले भने,“यो परमादेशी सरकार हो, यसले लोकतन्त्र र संविधानको रक्षा गर्न सक्दैन ।”
श्रेष्ठले संसद् खुलाउन सभामुखले राजीनामा दिनैपर्ने अडान लिए । “सभामुखले पदबाट राजीनामा दिनै पर्छ । दलसम्बन्धी अध्यादेश पुष्टि गरिनुपर्छ,” उनले भने,“सभामुखले एमाले सांसद्लाई कारबाही गरेनन् । गैरसांसद्लाई सदनमै राखेर छलफल अघि बढाइएको छ ।”