एनआरटी र केल्मीबीच ४ वर्षका लागि प्रायोजन सम्झौता

137

काठमाडौँ । ए डिभिजन क्लब न्युरोड टिम एनआरटीलाई खेल पोशाक कम्पनी केल्मीले प्रायोजन गरेको छ ।

बुधबार एनआरटी र केल्मीबीच बुधबार प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी र केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे । केल्मीले चार वर्षका लागि एनआरटीलाई प्रायोजन गरेको हो ।

सम्झौतासँगै केल्मी क्लबको किट पार्टनरको रुपमा रहने छ । कार्यक्रममा क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीले केल्मीसँगको सम्झौता भविष्यमा पनि निरन्तर गर्ने चाहना रहेको बताए । त्यस्तै क्लबका उपाध्यक्ष नविन सुवालले यसपटक आक्रामक तरिकाले अगाडि जाने बताए ।

सम्झौतासँगै एनआरटीलाई आवश्यक खेलकुद सामाग्री केल्मीले उपलब्ध गराउने छ । एनआरटीले आगामी सहीद स्मारक ’ए’ डिभिजन लिगमा केल्मीको जर्सी लगाउने छ । ’ए’ डिभिजन लिग कात्तिक २९ बाट सुरु हुने छ ।

क्लबले सहीद स्मारक ए डिभिजन लिगको उपाधि पाँचपटक जितिसकेको छ । क्लबले यसपटकसमेत उपाधि जित्ने योजना रहेको बताएको छ ।

यस सिजन क्लबमा राष्ट्रिय खेलाडी एरिक विस्ट, दर्शन गुरुङ, विक्रम धिमाल, राजेश परियार, विदेशी खेलाडी मेसुके र स्टेफन छन् ।

Share This:
सम्बन्धित खबर
Loading...