गृहजिल्लामा पुगेर ओलीले भने– माधव नेपालले वडा सदस्य पनि जित्दैनन्

306

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई साथ दिनेहरु दिनहुँ माओवादीबाट अलग भइरहेको बताएका छन् ।

मंगलबार गृहजिल्ला झापामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“प्रचण्डजीले सही कुरा मुखबाट प्वाक्क निकाल्नुभएछ । हामीले त वडामा पनि जित्न हम्महम्मे पर्ला जस्तो हुन्छ पो भन्नुभएछ । उहाँले चुनावअघि नै राम्ररी कुरा बुझेको देखेर मलाई खुसी लाग्यो,” ओलीले भने ।

उनले माधवकुमार नेपालको पार्टीले चुनावमा वडा सदस्यसमेत नजित्ने बताए ।

“माधव नेपालले वडा त के, वडा सदस्य पनि जित्दैनन् । माधव नेपाललाई जनताले भोट हाल्छन् अब ? किन हाल्ने, एमाले फुटाएको हुनाले ? एमाले टुक्रयाएको हुनाले ? चोइट्याएको हुनाले ? के कारणले माधव नेपाललाई भोट हाल्ने ?,” ओलीको प्रश्न थियो ।

माधव नेपालले अर्को पार्टी बनाउनका लागि पार्टी विभाजन नगरेको बताए । उनले एमाले फुटाउन मात्रै खोजेको उनको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...