सांसद् पाण्डे र भट्टको रिट न्ययायाधीशद्वय खतिवडा र सुवेदीको इजलासमा

162

काठमाडौँ । नेकपा (एमाले) विभाजन भइ बनेनको नेकपा (एकीकृत समाजवादी)तर्फ लागेका दुई सांसद्को बारेमा सर्वोच्च अदालतले आज निर्णय दिने भएको छ ।

प्रतिनिधिसभा सांसद् सोमप्रसाद पाण्डे र राष्ट्रियसभाकी सदस्य शारदादेवी भट्टले निर्वाचन आयोगले आफूले रोजेको एकीकृत समजवादीको पक्षमा सनाखत नगरेको भनी रिट दायर गरेका थिए । उनीहरुको मुद्दा न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुने भएको छ ।

उनीहरुले नाम नयाँ पार्टीमा समावेश नभएमा सांसद् पद गुम्ने भएकाले उनीहरुले अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् ।

यसअघि भदौ २७ गते न्यायाधीश मीरा खड्काले उक्त मुद्दामा सुनुवाइ गर्दै उनीहरुको हकमा तत्काल कुनै कारबाही अगाडि नबढाउन अल्पकालीन आदेश जारी गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...