सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने

133

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेकपा (एमाले) अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली उपस्थित नहुने भएका छन् ।

केही दिनदेखि लगातार संसद् बैठक अवरोध गर्दै आएको एमालेलाई सहमतिमा ल्याएर सदन सुचारु गराउन सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए । अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंले सभामुखले आह्वान गरेको सर्वदलीय बैठकमा ओली सहभागी नहुने बताए ।

सोमबार दिउँसो बस्ने बैठकमा एमालेबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईलगायत नेता सहभागी हुने बताइएको छ ।

छलफलमा प्रधानमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर तथा जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङ्देनलाई आमन्त्रण गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...