शिक्षकको कुटाइबाट बालकको हात भाँचियो !

325

जनकपुरधाम । शिक्षको कुटाइबाट एक विद्यार्थीको हात भाँचिएको छ । हात भाँचिएका बालक १२ वर्षका हुन् ।

जनकपुर उपमहानगरपालिका–४ बसहिया रोडस्थित स्वस्तिक इंग्लिस बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत सिद्धार्थ ठाकुर घाइते भएका हुन् ।

शिक्षिका सोभा साह र शिक्षक रब्बानी हुसैनले कुटपिट गर्दा उनको हात भाँचिएको अभिभावकको दाबी छ । सिद्धार्थका बुबा जितेन्द्र ठाकुरकाअनुसार बुधबार होमवर्क नबनाएको भन्दै शिक्षिका साहले उनलाई पाइपले निर्घात कुटेकी थिइन् ।

बिहीबार समेत शिक्षक रब्बानीले डस्टर लिएर हातको सोही भागमा हिर्काउँदा दुखाइ सहन नसकेर सिद्धार्थ चिच्याउँदै घर भागेका थिए ।

स्कुल शिक्षक तथा शिक्षिकाले त्यसअघि समेत सिद्धार्थलाई पटक–पटक कुटपिट गरेका थिए । तर, बदमासी गर्दा पिटेको होला भनी वास्ता नगरेको उनले बताए ।

कुटाइबाट गम्भीर चोट लागेका बालकको उपचार भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...